देउवा बाढीपहिरो र डुबान क्षेत्रको भ्रमणमा, यस्तो छ पूर्वनिर्धारित कार्यक्रम

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सुदूरपश्चिमको बाढीपहिरो र डुबान भएको क्षेत्र अवलोकनका लागि निस्किएका छन् । उनी सुर्खेत हुँदै बैतडी, डोटी, बझाङ, डडेल्धुरा, कञ्चनपुर र कैलाली जाने उनको सचिवालयले जनाएको छ ।
आज बिहान ८ बजे प्रधानमन्त्री देउवाको नेतृत्वमा अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरु एनपी साउँद, रमेश लेखक र वीरबहादुर बलायरसहितको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
प्रधानमन्त्री देउवाले दिपायलमा डोटी जिल्लामा भएको क्षति तथा नोक्सानीको बिफ्रिङ लिने बताइएको छ । त्यसपछि आजै प्रधानमन्त्रीले बझाङ जिल्लामा पहिरो गएको थलारा क्षेत्रको स्थलगत अवलोकन गर्ने छन् ।
यस्तै उनले बैतडी, डडेल्धुराको जोगबुढा, कञ्चनपुरको दोधारा चाँदनी, बह्रमदेव क्षेत्रको स्थलगत अवलोकन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री देउवा भोली (शुक्रबार) मात्र काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया