‘सिंहको चौरासी व्यञ्जन’ विमोचन

नेपालखोज २०७८ कार्तिक ४ गते १२:१९

काठमाडौं । कान्ती राणा सिंहको चौरासी व्यञ्जन पुस्तक विमोचन गरिएको छ । काठमाडौंको बत्तिसपुतली स्थित अनुपम फुड ल्याण्डमा एक कार्यक्रमकाबीच उक्त पुस्तक विमोचन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा डा.आरजु राणा देउवा, वरिष्ठ अधिवक्ता लोक भक्त राणा र लेखककी आमा लक्ष्मी राज्यलक्ष्मी राणा सहभागी थिए । पुस्तकमा सल्याणी र राणाको भोजनका प्रकार र तयार पार्ने विधि सिकाइएको छ ।

चौरासी व्यञ्जन पुस्तकको नाम नै निकै आकर्षक रहेको बताउँदै वरिष्ठ अधिवक्ता लोक भक्त राणाले भने ‘यो पुस्तकमा शाकाहारी, मांसाहारी, ब्रत बसेको समयमा खाने खाना, बिरामीले खाने खाना लगायतका समग्र परिकार बनाउने तरिकाबारे उल्लेख गरिएको हुँदा पुस्तक सबैका लागि उपयोगी छ ।’

यस्तै यो एउटा किताब किताब मात्र नभई समग्र सल्याणी र राणाको संस्कृति नै रहेको डा. देउवाले बताइन् । यस्तै कान्ती राणा सिंहले उक्त पुस्तक लकडाउनको समयमा रचना गरेको बताइन् ।

उनले भनिन् ‘सानैदेखि आमाले बनाउनु भएका विभिन्न परिकारहरू हेर्दै हुर्किएँ । यस्ता परिकार बनाउने विधिलाई डक्युमेन्टकोरुपमा संग्रह गर्ने इच्छा र भावी सन्ततीलाई उक्त परिकारहरूको ज्ञान दिन उद्देश्यले नै यो पुस्तकको रचना गरेकी हुँ ।

प्रतिक्रिया