सोमबार, जेठ ७, २०८१

जनकपुरका खानेपानीका प्रमुखलाई जनमत पार्टीका कार्यकर्ताले हिलो दलेर नगर घुमाए

नेपालखोज २०७८ कार्तिक ४ गते १५:०३

काठमाडाैं । जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्‍यवहार गरी अर्धनग्न गरेर नगर घुमाएका छन् ।

बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् ।

अविल वर्षाका कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै निमित प्रमुख कुशवाहालाई बिहीबार अर्धनग्न गरेर नगर घुमाएका जनाइएकाे छ ।

प्रतिक्रिया