बुधबार, वैशाख १२, २०८१

बेलायतमा कोरोनाको नयाँ भेरियन्ट, के भन्छन् वैज्ञानिक ?

नेपालखोज २०७८ कार्तिक ४ गते १९:०५

लन्डन । सारा संसारमा कोरोनाको तथ्यांकमा कमि आइरहेका बेलायतमा अचानक चौबीस घण्टाभित्र भएको २२३ वटा मृत्युले भय र आतंकको वातावरण सिर्जना गरेको छ ।

अधिकारिक तथ्यांकअनुसार, ब्रिटेनमा यो वर्षको मार्चपछि एकै दिनमा सबैभन्दा बढी २२३ जनाको मृत्यु मात्र दर्ता भएन ४३ हजार ७ सय ३८ नयाँ बिमारीसमेत देखा परे । यसको सबैभन्दा ठूलो कारण डेल्टाकै नयाँ भेरियन्ट एवाई फोर प्वाइन्ट टु (AY 4.2) लाई मानिएको छ । बेलायतको हेल्थ डिपार्टमेन्टले पनि कारोनाको नयाँ केसका लागि यो नयाँ भेरियन्टलाई जिम्मेवार मानेको छ र यसको राम्रो अध्ययन गर्न भनेको छ ।

कति खतरनाक छ एवाई फोर प्वाइन्ट टु ?
डेल्टाको नयाँ भेरियन्ट एवाई फोर प्वाइन्ट टुलाई तत्काल खतरा भने मानिएको छैन । यसबारे पहिलोपटक जुलाई २०२१ मा जानकारी आएको थियो । यो डेल्टा भेरियन्टमै देखापर्ने केही नयाँ म्युटेसन हो, जसले स्पाइक प्रोटिनलाई प्रभावित गर्छ । विशेषज्ञहरुका अनुसार एवाई फोर प्वाइन्ट टु सम्भावित रुपमा अधिक संक्रामक हुन सक्छ । तर यसको तुलना डेल्टा वा अल्फा भेरियन्टसँग गर्न सकिँदैन जुन ५० देखि ६० प्रतिशत बढी संक्रामक थिए ।
-विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोगमा

प्रतिक्रिया