बुधबार, वैशाख १२, २०८१

यी चार राशिका मानिससँग हुँदैन धनको कमी, प्रतिस्पर्धामा पनि अगाडि

नेपालखोज २०७८ कार्तिक ५ गते ६:४५

ज्योतिष शास्त्रमा राशिहरुको आ-आफ्नै महत्व छ । यीनै राशिबाट मनुष्यको स्वभाव र बुद्धि निर्धारण हुन्छ । राशिले मनिसको गुण पनि तय गर्छ । को कति प्रतिस्पर्धी हुन्छ भन्ने कुरा पनि धेरै हदसम्म राशिमै निर्भर हुन्छ । प्रतिस्पर्धी मानिसहरु हमेशा अगाडि रहन्छन र उनीहरलाई कहिल्यै धनको अभाव पनि महसुस हुँदैन । अब ती राशिहरुको कुरा गरौं जसका स्वामि प्रतिस्पर्धी मानिन्छन् र उनीहरुलाई धनको कमी पनि हुँदैन ।

मिथुन : यो राशिका स्वामिहरु कहिल्यै हार मान्दैनन् । ज्योतिष शाश्त्रअनुसार मिथुन राशिका मानिसहरुको दिमागमा भविष्यको योजना धेरै पहिलेदेखि चलिरहेको हुन्छ । यिनिहरु सधैं एक कदम अगाडि सोचेर आफ्नो योजना बनाउँछन । प्रतिस्पर्धामा यिनिहरुलाई हराउन मुस्किल हुन्छ । आफ्नो प्रतिस्पर्धी सोचकै कारण मिथुन राशिका स्वामिहरुलाई पैसाको कमी हुँदैन ।

धनु : यो राशिका स्वामिहरु धनको मामिलामा भाग्यमानी हुन्छन् । धनु राशिका मानिसहरु लक्ष्य प्राप्तिका क्रममा निकै अनुशासित रहन्छन् । अनुशासनले नै यिनिहरुको जीवनलाई अगाडि लिएर जान्छ । यिनिहरु आफ्नो बाटो आफै बनाउँछन् र कहिल्लै हार मान्दैनन् । यही प्रवृतिका कारण धनु राशिका स्वामिहरुको जीवनमा हमेशा धन रहन्छ ।

कन्या : यो राशिका मानिसहरुले आफ्नो अलग पहिचान बनाउँछन् । कन्या राशि हुनेहरु प्रतिस्पर्धी प्रवृतिका कारण कहिल्यै पनि कुनै नयाँ काम गर्न हिचकिचाउँदैनन् र जीवनमा सबै किसिमको जोखिम उठाउन तयार रहन्छन् । कन्या राशिका स्वामिहरुले धन-सम्पत्तिको कमीको सामना गर्नु पर्दैन र यिनिहरु मुस्किल चुनौतीहरूसँग लड्ने क्षमतासमेत राख्छन् ।

वृश्चिक : यो राशिका जातकहरु जुझारू हुन्छन् । यिनिहरु कहिल्यै हार मान्दैनन् र यही कारणले यिनिहरुको जीतको सम्भावना बढी हुन्छ । यिनिहरु सबै चुनौतीलाई स्वीकार गर्न तयार रहन्छन् र आफ्नो पुरै ताकत लगाएर कठिनाइहरुको सामना गर्छन् । वृश्चिक राशिका स्वामीहरुसँग धनको कमी हुँदैन । आफ्नो काम बाटै यिनिहरु धनवान हुन्छन् । ज्योतिषहरुका अनुसार वृश्चिक राशि हुनेहरु आफ्नो कुरा बलियोसँग राख्न सक्छन् र त्यसमा अरुलाई सहमत समेत गराउँछन् ।

प्रतिक्रिया