बुधबार, वैशाख १२, २०८१

एमाले स्थायी कमिटी बैठक बस्दै, भोलिबाट हुने भनिएको वडा अधिवेशन रोकिने

नेपालखोज २०७८ कार्तिक ५ गते ६:४३

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । भोलिबाट हुने भनिएको वडाहरूको पार्टी अधिवेशनका विषयमा छलफल गर्न बैठक आज पनि बस्न लागेको हो ।

देशभर बाढी–पहिरोको प्रभाव परेकाले शनिबारबाट देशैभरिका वडाहरूमा हुने भनिएको अधिवेशन आजको बैठकले सार्ने निर्णय गर्नसक्ने एमालेले जनाएको छ ।

नेकपा एमालेले आगामी मंसिरमा पार्टीको दसौं राष्ट्रिय महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको थियो । यसअघि बुटवलमा गर्ने भनिएको महाधिवेशन चितवनमा सार्ने निर्णय बिहीबारको बैठकले गरेको हो ।

बिहीबार बसेको स्थायी समितिको बैठकले रामबहादुर थापा बादलको नेतृत्वमा २१ सदस्यीय महाधिवेशन मूल व्यवस्थापन समितिसमेत गठन गरेको छ ।

प्रतिक्रिया