शनिबार, वैशाख १५, २०८१

नेपाली युवक रोहितले रोखे अर्को विश्व कीर्तिमान

नेपालखोज २०७८ कार्तिक ५ गते ७:०३

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा बस्दै आएका युवा नेपाली रोहित तिमिल्सिनाले अर्को विश्व कीर्तिमान राखेका छन् ।

उनले गत सेप्टेम्बर १९ का दिन अमेरिकाको सियाटल वाशिङ्टनमा भएको विश्व भरका २४ हजार ५२३ जनाको एकै पटक भर्चुअल १० किमी दौडमा पनि सहभागी भइ उनले विश्व कीर्तिमान हात पारेका हुन् ।

यस क्षेत्रमा उनी विगत २० वर्षदेखि लागेका थिए । विगतमा उनले विभिन्न विधामा बिश्व कीर्तिमान पनि राखेका छन् ।

उनले नेपाल र अन्तराष्ट्रिय जगतमा नेपालीहरुले विश्व कीर्तिमान गरेको सुन्दा नेपाली भएको नाताले अत्यन्तै गर्व लाग्ने बताए ।

प्रतिक्रिया