शुक्रबार, वैशाख ७, २०८१

विश्वकप फुटबल : दक्षिण कोरियालाई पराजित गर्दै घाना विजयी

नेपालखोज २०७९ मंसिर १३ गते ६:३०

काठमाडाैं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एच’को खेलमा घाना दक्षिण कोरियालाई पराजित गर्दै विजयी भएको छ ।

कतारको एजुकेसन सिटी स्टेडियममा आज भएको खेलमा घाना दक्षिण कोरियालाई ३–२ गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

खेलको २४औँ मिनेटमा मोहमद सालिसुले गोल गर्दै घानालाई सुरुआती अग्रता दिलाए । त्यस्तै खेलको ३४औँ मिनेटमा घानाका अर्का खेलाडी मोहमद कुडुसले गोल गर्दै आफ्नो टोलीको अग्रता दोब्बर बनाए ।

कोरियाका लागि चो गी सुङ्गले दुई गोल गरे । उनले खेलको ५८औँ र ६१औँ मिनेटमा दुई गोल गरे । त्यस्तै खेलको ६८औँ मिनेटमा घानाका मोहमद कुडुसले व्यक्तिगत दोस्रो गोल गरे भने आफ्नो टोलीको जितसमेत सुनिश्चित गरे ।
यस जितसँगै समूह ‘एच’ मा रहेको घानाले तीन अङ्क जोडेको छ ।

यता हारसँगै दक्षिण कोरिया एक अङ्कका साथ समूहको पुछारमा रहेको छ । घाना पहिलो खेलमा पोर्चुगलसँग ३–२ को अन्तरले पराजित भएको थियो । दक्षिण कोरियाले भने उरुग्वेसँग गोलरहित बराबरी खेलेको थियो ।

प्रतिक्रिया