पाँचथरमा पहिरोमा ज्यान गुमाउनेको संख्या २८ पुग्यो

नेपालखोज २०७८ कार्तिक ५ गते ७:१९

पाँचथर । पाँचथर विभिन्न स्थानमा गएको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । नौं जना घाइते भएका छन् ।

बिहीबार साँझ मिक्लाजुङ गाउँपालिकामा थप एक जनाको शव भेटिएसँगै मृतकको संख्या २८ पुगेको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिए ।

यसअघि मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गाउँपालिकाका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ज्यान गुमाएका २७ जनाको सनाखत भएको थियो ।

मिक्लाजुङ गाउँपालिकामा ४ र फिदिम नगरपालिकामा २ गरी ६ जना अझै बेपत्ता छन् । उनीहरुको प्रहरी र स्थानीयले खोजी कार्य जारी राखिएको छ ।

घाइतेमध्ये ४ जनाको हेलिकोप्टरमार्फत उद्धार गरी उपचारका लागि धरान पठाइएको छ भने बाँकी ५ जनाको स्थानीय अस्पतालमा उपचार हुँदैछ ।

प्रतिक्रिया