बुधबार, वैशाख ५, २०८१

उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज ३ खेल हुँदै

नेपालखोज २०७८ कार्तिक ५ गते ८:५५

काठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोटमा आज ३ वटा खेल हुँदै छन् । एन्फा मुख्यालयमा भइरहेको प्रतियोगितामा पहिलो खेल बिहान ९ बजे सुरु हुने छ ।

पहिलो खेलमा समूह ‘सी’ को भक्तपुर नगरपालिका र बासगढी नगरपालिकाबीचको खेल हुनेछ । यस्तै दोस्रो खेलमा समूह ‘डी’ को जानकी नगरपालिका र शिवशक्ति नगरपालिकाबीचको खेल मभ्याह्न्न १२ बजे हुने छ ।

यस्तै तेस्रो खेल अपराह्न्न ३ बजे समूह ‘इ’ को सिमकोट नगरपालिका र काठमाडौ महानगरपालिबीच हुने छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको हो ।

प्रतिक्रिया