आइतबार, जेठ ६, २०८१

इङ्ल्यान्डलाई भारतले दियो २३० रनको लक्ष्य

नेपालखोज २०८० कार्तिक १२ गते १९:१५

नयाँ दिल्ली । भारतमा जारी एक दिवसीय विश्वकपअन्तर्गत अहिले भइरहेको खेलमा घरेलु टोली भारतले इङ्ल्यान्डलाई २३० रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङको जिम्मा पाएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन जोड्यो । भारतको पालीमा कप्तान रोहित शर्माले ८७, सूर्यकुमार यादवले ४९ र केएल राहुलले ३९ रन जोडे ।

४० रन जोड्दा ३ विकेट गुमाएको अवस्थामा रोहितले चौथो विकेटका लागि केएल राहुलसँग ९१ रनको साझेदारी गरेका थिए । भारतका सुभमन गिल ९ र श्रेयस अयर ४ रन बनाएर आउट भए भने विराट कोहलीले खातासमेत खोल्न सकेनन् ।

प्रतिक्रिया