शुक्रबार, चैत १६, २०८०

टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

नेपालखोज २०७८ कार्तिक ५ गते ९:२२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ । सारजाह क्रिकेट स्टेडियममा हुने पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा आयरल्यान्डले नामिबियासँग दिउँसो पौने ४ बजे खेल्ने छ ।

आजै हुने दोस्रो खेलमा बेलुका पौने ८ बजे श्रीलंका र नेदरल्यान्ड्स खेल्ने छन् । श्रीलंका ‘सुपर १२’ मा पुगिसकेको छ भने नेदरल्यान्ड्स प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

चार टोली रहेको यस समूहमा श्रीलंकाले दुई खेल जित्दै ‘सुपर १२’ को यात्रा सुनिश्चित गरिसकेकाले आयरल्यान्ड र नामिबिया दुवैलाई आजको खेल जित्नै पर्ने दबाब छ ।

प्रतिक्रिया