शुक्रबार, वैशाख ७, २०८१

‘रोकिएको पार्टी अधिवेशनका विषयमा निर्वाचन समितिलाई सोध्नुपर्छ’

नेपालखोज २०७८ कार्तिक ५ गते १२:५८
तस्बिर रासस

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रोकिएको पार्टी अधिवेशनका विषयमा निर्वाचन समितिलाई सोध्न अनुराेध गरेका छन् ।

बाढी, पहिरोले पुर्‍याएको क्षतिको निरीक्षणका लागि सुदूरपश्चिम प्रदेश रहेका देउवाले आज बिहान प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अधिवेशन कहिले, कहाँ र कसरी गराउने भन्ने सम्पूर्ण अधिकार केन्द्रीय निर्वाचन समितिलाई भएको बताए ।

१४औं महाधिवेशनअन्तर्गत तल्ला तहको अधिवेशन सुरु भइसकेको भन्दै उनले कोभिड–१९ तथा बाढी–पहिरोजस्ता प्राकृतिक विपत्ति अधिवेशनमा बाधक भएको पनि बताए ।

प्रतिक्रिया