सोमबार, वैशाख २४, २०८१

नेपाललाई हराउँदै ओमान समूह विजेता

नेपालखोज २०८० कार्तिक १६ गते १२:३५

काठमाडौं । विश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल पराजित भएको छ । बिहीबार भएको खेलमा ओमानसँग ५ नेपाल रनले पराजित भयो ।

 नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

नेपाललाई जितको लागि अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । विवेक यादवले सुरुवाती दुई बलमा बिलाल खानलाई छक्का हानेपछि बाँकी चार बलमा १३ रन चाहिँएको थियो । तेस्रो बल विवेकले लङअनमा छक्का हानेपछि खेल रोचक बनेको थियो ।

नेपाललाई जितको लागि तीन बलमा ७ रन चाहिँएको थियो । चौथो बलमा विवेक स्वलो बलमा क्याच आउट भएका थिए । पाँचौं बलमा अभिनाश बोहराले एक रन लिए । अन्तिम बलमा छक्का चाहिँएको थियो । करण स्ट्राइकमा थिए । तर करण लङअनमा क्याच आउट भएपछि नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया