शुक्रबार, चैत १६, २०८०

‘विपत् व्यवस्थापनका लागि सरकारले सबै संयन्त्र परिचालन गरेकाे छ’

नेपालखोज २०७८ कार्तिक ५ गते १४:४४

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेपालको प्राकृतिक विपत्तिहरुको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिड्नुपर्ने चुनौती रहेको बताएका छन् ।

काठमाडौंमा शुक्रबार (आज) आयोजित प्रकोप जोखिम न्यूनिकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्तिहरु भोग्नुपरेको उल्लेख गरे ।

उनले प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरुपनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको बताए ।

नेपालमा प्रकोप व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लैजानुपर्ने चुनौती आफुहरुको काँधमा आएको उनले बताए ।

गृहमन्त्री खाँणले विपत् व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए । सबै नेपाली एकजुट भएर विपत्तिको सामना गर्नुपर्नेमा पनि उनले जोड दिए ।

पानी बिनाको जिवन नहुने भन्दै उनले प्राकृतिक विपत्तिबाट सर्वप्रथम नदिलाई बचाउनुपर्ने र पानीको रक्षा गर्नुपर्ने बताए ।

प्रतिक्रिया