यूनिसेफ बङ्गलादेशी बालबालिका लक्षित डिजिटल साक्षरता कार्यक्रम गर्दै

नेपालखोज २०८० असोज २३ गते ६:४०

ढाका । संयुक्त राष्ट्रसङ्घीय बालकोष (यूनिसेफ) ले बङ्गलादेशका बालबालिकाका लागि डिजिटल साक्षरता र अनलाइन सुरक्षालाई सदृढ पार्न बिशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय बालकोष साझेदारी कार्यक्रमअन्तर्गत बङ्गलादेशका एक करोडभन्दा बढी बालबालिकाले प्रविधिको नैतिक र जिम्मेवार प्रयोगका लागि उचित ज्ञान प्राप्त गर्ने  संयुक्त राष्ट्रसङ्घले जनाएको छ । 
 
संयुक्त राष्ट्रसङ्घीय स्रोतले दिएको जानकारीअनुसार बङ्गलादेशको दूरससञ्चार, नर्वेली टेलिकम कम्पनीलगायतको सहकार्यमा कार्यक्रम सफल पार्न पहल गरिने समेत स्रोतले जनाएको छ ।  

इन्टरनेटले बालबालिकाको शिक्षा र बृद्धि बिकासका लागि धेरै अवसरहरु प्रदान गर्दा गर्दै पनि उनीहरूको डिजिटल सुरक्षा सुनिश्चित गरी खतराबाट जोगाउनका लागि कार्यक्रम आयोजना गरिएको  बङ्गलादेशका लागि यूनिसेफका प्रतिनिधिले बताउनुभयो ।  

कार्यक्रमबाट बङ्गलादेशका ८,९ र १० कक्षाका एक करोडभन्दा बढी बिद्यार्थी लाभान्वित हुनेछन् । सहभागी बिद्यार्थीहरूमध्ये १० लाख अपाङ्ग तथा जोखिममा परेका बालबालिकाहरूलाई डिजिटल शिक्षा यात्रामा सहयोग गर्ने बङ्गलादेशका लागि यूनिसेफका प्रतिनिधिले बताउनुभएको छ ।  

कार्यक्रमबाट कक्षा ८ देखि १० कक्षासम्मका ६० लाख विद्यार्थीले उमेरअनुसार डिजिटल सुरक्षा र साक्षरतामा धेरै सर्तहरु प्राप्त गर्न सक्ने स्रोतले जनाएको छ । 

यस परियोजनाले विद्यार्थीका साथै दुई हजार ५०० शिक्षक र २० लाख अभिभावकलाई समेत अनलाइनको सुरक्षा र उपयोगबारे ज्ञान बिस्तार गर्ने विश्वास आयोजकले लिएको छ । 

प्रतिक्रिया