शुक्रबार, चैत १६, २०८०

नेपाल बैंकका सञ्चालक शाक्यले लिए पद तथा गोपनीयताको शपथ

नेपालखोज २०७८ कार्तिक ५ गते १६:३८


काठमाडौं । नेपाल बैंकका सञ्चालकले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकका अनुसार सञ्चालक समिती सदस्य पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भई आएका छन् ।

नवनियुक्त सञ्चालकले यही कात्तिक ४ गते सञ्चालक समितीका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष अर्यालले नवनियुक्त सञ्चालकलाई सञ्चालक समितीमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा संचालक सदस्य र शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे ।

ततपश्चात् नवनियुक्त सञ्चालक सदस्य र शाक्यले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्दे आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया