शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चर्दै गरेका चितल !

नेपालखोज २०७८ कार्तिक ५ गते १८:०१

कञ्चनपुर । तस्बिरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी फाँटाको स्याली नदी किनारामा चर्दै गरेका चितल। यो राष्ट्रिय निकुन्ज ७ नं. प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ । महाकाली नदीको पुरानो बहाव क्षेत्र भएका कारण विकसित हुन आएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ ।

यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ । सन् २०१४ मा यस निकुन्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको छ । यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ । यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन् । सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंङ्गे गैडाको संंख्या १६ वटा रहेको छ भने सन् २०१८ मा गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १६ रहेको छ ।

निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन् ।

तस्बिर : रासस

प्रतिक्रिया