यी हुन् ‘फ्युल एफिसिएन्ट कार’

काठमाडाैं । लगातार बढिरहेकाे पेट्रोल डिजेलकाे मूल्यले सबैलाई मारमा पारेकाे छ । पेट्रोल-डिजेलकाे मूल्यकै कारण कतिपय त कार किन्न पनि हच्किरहेका हुन्छन् ।
यद्यपि इन्धनको मूल्यकै कारण कार किन्ने आफ्नो योजना स्थगित गर्नुपर्ने आवश्यकता छैन । बजारमा केही यस्ता कार उपलब्ध छन् जसकाे माइलेज सानदार छ ।
यी कारकाे माइलेज सर्टिफाइड पनि छ त्यसैले यी कार खरिद गर्दा इन्धन खर्च निकै हदसम्म नियन्त्रणमा रहन्छ । सडककाे अवस्थाले याे माइलेजमा केही कमी आउन सक्छ ।
हेराैं , पेट्रोल तथा डिजेलकाे खर्च कम गराउने केहि फ्यूल एफिसियन्ट कार :
स्मल ह्याचब्याक
-हुन्डाई ग्रान्ड आई टेनएन्आईओएस डिजेल कारकाे माइलेज २५.४९ किलोमिटर प्रतिलिटर छ ।
– मारुती सुजुकी स्विफ्ट पेट्रोल कारकाे माइलेज २३.७६ किलोमिटर प्रतिलिटर छ ।
प्रिमियम ह्याचब्याक
– हुन्डाई आई २० म्यानुअल ट्रान्समिसनले डिजेल इन्जिनका साथ २५.२ किलोमिटर प्रतिलिटरकाे माइलेज दिन्छ ।
– मारुती सुजुकी बलेनो पेट्रोल इन्जिनले २३.८७ किलोमिटर प्रतिलिटरकाे माइलेज दिने बताइन्छ ।
मल्टिपर्पाेज ह्विल्स
– ड्याटसन गो-प्लसले १९.०२ किलोमिटर प्रतिलिटरकाे माइलेज दिन्छ ।
कम्प्याक्ट सेडान
– हुन्डाई ओराले अटोमेटिक ट्रान्समिसनमा डिजेल इन्जिनका साथ २५.४ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
– हुन्डाई औरा अटोमेटिक ट्रान्समिसनले आफ्नो पेट्रोल भर्जनमा २१ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
कम्प्याक्ट एसयूभी
– किआ सोनेट म्यानुअल ट्रान्समिसनले डिजेल इन्जिनका साथ २४.१ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।
– पेट्रोलले चल्ने एसयूभिमा रेनाेल्ट काइगर र निसान म्याग्नाइट पनि किफायती मानिन्छन् ।
प्रतिक्रिया