शुक्रबार, वैशाख १४, २०८१

चर्चित चिनियाँ नायिका अचानक गायब भएपछि…

नेपालखोज २०७८ कार्तिक ६ गते ७:४९

काठमाडाैं । चीनकी फेमस हस्ती तथा अभिनेत्री झाओ वेई रातारात अनलाइन प्लेटफर्मबाट गायब भएकी छन् । झाओका चलचित्र तथा उनीसँग सम्बद्ध कुनै पनि अनलाइन कन्टेन्ट चीनमा हेर्न पाइरहेको छैन । चीनका लगभग हरेक वेबसाइटबाट झाओ वेईसँग जोडिएका सबै कन्टेन्ट हटाइसकिएका छन् ।

अर्बपति अभिनेत्री झाओ वेई चिनियाँ टेलिभिजन तथा फिल्म इन्डस्ट्रिजका लागि ठूलो नाम हुन् । ४५ वर्षीया झाओले आफ्नो अभिनयका बलमा कैंयन् अवार्ड जितिसकेकी छन् । उनका प्रशंसकहरुको संख्या करोडौंमा छ ।

उनी चीनमा सबैभन्दा बढी आम्दानी गर्ने अभिनेत्रीमध्ये प्रमुख हुन् । चिनियाँ सोसल मिडिया एप Weibo मा उनका ८५ मिलियन फलोअर्स छन् ।

यद्यपि, उनका यी तमाम उपलब्धि अब मेटिँदै छन् । चीनको इन्टरनेट सर्च गर्दा झाओ वेई फेला पर्दिनन् । चिनियाँ सरकारले झाओसँग जोडिएका सबै प्रकारका अनलाइन कन्टेन्ट डिलिट गरिसकेको छ । ग्लोबल टाइम्सका अनुसार, अर्बपति अभिनेत्री झाओ वेईले कैंयन् फिल्म, टक शो तथा टीभी सिरिजमा अभिनय गरेकी थिइन् ।

अहिले ती सबै सामग्री अनलाइन प्लेटफर्मबाट हटाइएका छन् । झाओको नाममा Tencent Video, iQiyi तथा Youku जस्ता प्लेटफर्ममा भएका सबै टीभी सिरिज, फिल्म, सर्ट भिडियो तथा अनलाइन स्ट्रिमिङ रातारात गायब पारिएका छन् । समग्रमा चीनको इन्टरनेटबाट झाओ वेईको नामोनिसान मेटिएको छ । यद्यपि, यस्तो कहिलेसम्म चल्छ कसैलाई थाहा छैन ।

चीनको इन्टरनेटमा झाओ वेईको अनुपस्थितिबाट प्रशंसकहरु निराश छन् । उनीहरुले ‘#ZhaoWei के भयाे’ भन्दै सोसल मिडियामा क्याम्पेनसमेत चलाइरहेका छन् ।

यता इन्टरनेटबाट उनलाई गायब गर्ने देशका नियामक निकायहरु किन उनलाई निशाना बनाइयो भन्ने कुरामा पनि मौन छन् । यस विषयमा कुन आधिकारिक स्पष्टीकरण वा टिप्पणी सार्वजनिक भएको छैन । चिनियाँ अखबार ग्लोबल टाइम्सका अनुसार, बितेका कैंयन् वर्षदेखि झाओ तमाम किसिमका स्क्याडलहरुमा फस्दै आएकी थिइन् ।

अहिले झाओ कहाँ छिन् यसको आधिकारिक जानकारी पनि कसैसँग छैन । बीचमा उनी आफ्ना श्रीमान्‌सँग फ्रान्स गएको खबर आएको थियो भने केही रिपोर्टमा उनी बेइजिङमै भएको दाबी गरिएको छ ।

भनिन्छ, झाओलाई चिनियाँ व्यवसायी तथा अलिबाबाका मालिक ज्याकमासँगको घनिष्ठ सम्बन्धलाई लिएर पनि निशाना बनाइएको हुन सक्छ जसले चीनको कडा नियन्त्रित वित्तीय प्रणालीमा प्रश्न उठाएका थिए ।

चीन सरकारले टीभी तथा फिल्म इन्डस्ट्रीका साथ इन्टरनेटमा पनि लगाम कसिरहेको छ । एकातिर जहाँ झाओमाथि प्रतिबन्ध लगाइएको छ अर्कातर्फ मनोरञ्जनका समाचार दिने हजारौं अकाउन्ट ब्लक गरिएका छन् । यसअघि अभिनेत्री Fan Bingbing माथि ४६ मिलियन डलर जरिमाना लगाइएको थियो । चीनले बालबालिकाहरुको अनलाइन गेममा पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया