शनिबार, वैशाख १५, २०८१

कांग्रेस महामन्त्री कोइराला भारत प्रस्थान

नेपालखोज २०७८ कार्तिक ६ गते ८:५६

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला शनिबार विहान भारत प्रस्थान गरेका छन् ।

भारत जान शनिबार बिहान ८ बजे त्रिभुवन विमानस्थलबाट भैरहवा प्रस्थान गरेको महामन्त्री कोइरालाको टोली सडकमार्गबाट मुम्बई पुग्नेछ ।

महामन्त्री कोइरालासँगै केन्द्रीय सदस्य दीपक गिरी, नेपाली काँग्रेस संखुवासभाका सभापति दीपक खड्का र कोइरालाका स्वकीय सचिव भरत तिवारी पनि छन् ।

काँग्रेस स्रोतका अनुसार महामन्त्री कोइराला पनि भाजपाको निमन्त्रणामा भारत भ्रमणमा निस्किएको बताईएको छ । कोइरालाको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कोइरालाका स्वकीय सचिव भरत तिवारीले भने मुम्बईमा उपचाररत काँग्रेस नेता प्रदीप गिरी र सांसद कर्मा घलेलाई भेट्न भारत गएको बताएका छन् । महामन्त्री कोइराला सोमबार नेपाल फर्कनेछन् ।

प्रतिक्रिया