बिहीबार, वैशाख १३, २०८१

फाइजर खोप बालबालिकालाई पनि लगाउने अमेरिकी घोषणा, नेपालमा सोमबारबाट

नेपालखोज २०७८ कार्तिक ६ गते १३:२७

वासिङ्टन । अमेरिकाले कोभिड–१९ विरुद्धको फाइजर खोप पाँच देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाउने घोषणा गरेको छ ।

फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित खोपको हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको थियो । यसपछि अमेरिकाले उक्त निर्णय गरेको हो ।

कम्पनीले क्लिनिकल ट्रायलको रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराइ सकेको छ ।

परिक्षणका क्रममा १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भएको पाइएपछि मान्यता पाएको हो ।

नेपाल सरकारले पनि अमेरिकाबाट ११ वर्षभन्दा माथिका किशोरकिशोरीलाई लक्षित गरेर पहिलो खेपमा १ लाख डोज फाइजर खोप आगामी सोमबार देखि बितरण गरिने बताइएको छ ।

प्रतिक्रिया