सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा दुई जना घाइते
नेपालखोज
२०७८ कार्तिक ६ गते १५:२५

सुर्खेत । सुर्खेतमा बेवारिसे बम विस्फोट हुँदा घाँस काट्न गएका दुई जना घाइते भएका छन् । कट्कुवा सामुदायिक वनमा बम विस्फोटमा परेर घाँस काट्न गएका दैलेखको गुराँस गाउँपालिका–६ की २१ वर्षकी लीला नेपाली र उनका भाइ १४ वर्षका नरेश नेपाली घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
उनीहरूको स्थानीय देउती अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाको अवस्था सामान्य छ।
सम्बन्धित

प्रतिक्रिया