सिभिल सहकारी घोटाला प्रकरण : ११ सय ६७ उजुरी, चार अर्ब ६६ करोड दाबी

नेपालखोज २०७८ कार्तिक ६ गते १८:०१

काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा बचतकर्ताहरुको बचत रकम घोटाला गरेको अभियोगमा पक्राउ परेका पुर्व सांसद एवं सिभिल बैंक सञ्चालक समितीका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना उपर ११ सय ६७ वटा उजुरी परेको छ ।

केन्द्रिय अनुसन्धान व्युरो (सिआईबी) का प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोका अनुसार कार्तिक पाँच गते अर्थात शुक्रबारसम्ममा तामाङविरुद्ध उक्त संख्यामा उजुरी परेको हो । उक्त उजुरीकै आधारमा कुुल दावी रकम चार अर्ब ६६ करोड १५ लाख ८२ हजार रुपैयाँ पुगेको प्रवक्ता महतोले जानकारी दिएका छन् । अझै पनि सिभिल सहकारीका धेरैजना पीडित बचतकर्ताहरुले फोन सम्पर्कमा रहेको छ, यस अर्थमा उजुरी संख्या र दावी रकम अझै बढ्न सक्छ, प्रवक्ता महतोले भने ।

प्रवक्ता महतोका अनुसार सभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा घोटाला प्रकरणमा तामाङसहित १२ जनालाई यही असोज १८ गते सिआईबीले पक्राउ गरेको थियो । पक्राउ लगत्तै पाँच दिन म्याद थप गरी अनुसन्धान गरेकोमा अहिले पुुन संगठित अपराध निवारण ऐन २०७० अनुसार अनुन्धान गर्नको लागि थप १८ दिनको लागि म्याद थप भएको छ । यो समेत गरी तामाङमाथि अनुसन्धान गर्न म्याद थप गरिएको समय २३ दिन पुग्छ, प्रवक्ता महतोले भने ।

स्मरण रहोस सिभिल सहकारी घोटाला प्रकरणमा सिआईबीले असोज १८ गते तामाङसहित केशवलाल श्रेष्ठ, भगवान बहादुर सिंह, मायोनानी महर्जन, एलिना तुलाधर, शंकर प्रसाद पाठ, संगित श्रेष्ठ, राकेश महर्जन, बुद्धराज तामाङ, कौस्तुभ केतन ढुंगाना, विजय विक्रम शाह र हरिहर लामिछानेसहितका १२ जनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया