शुक्रबार, वैशाख १४, २०८१

टी–२० विश्वकप : अस्ट्रेलियाको विजयी सुरुवात, दक्षिण अफ्रिका ५ विकेटले पराजित

नेपालखोज २०७८ कार्तिक ७ गते ७:०२

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ । सुपर १२ को पहिलो खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गरेको हो ।

१ सय १९ रनको विजयी लक्ष्य पछ्याएको अस्ट्रेलियाले बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि स्टिभ स्मिथले ३५, मार्कस स्टोयनिसले अविजित २४ रन बनाए ।

ग्लेन म्याक्सवेल १८ रनमा आउट हुँदा म्याथू वेडले अविजित १५ रन जोडे । दक्षिण अफ्रिकाका एनरिच नोर्टजले दुई तथा कागिसो रबाडा, केशव महाराज र टब्राज शाम्सीले एक–एक विकेट लिए ।

जितसँगै समूह एक बाट अस्ट्रेलियाले दुई अंक बटुलेको छ ।

प्रतिक्रिया