मंगलबार, असार १७, २०८२

उज्वेकिस्तानमा राष्ट्रपति चयनका लागि मतदान हुँदै

नेपालखोज २०७८ कार्तिक ७ गते ७:२४

तासकन्द । उज्बेकिस्तानका वर्तमान राष्ट्रपति शाभ्कात मिर्जियोयेभ पनि दोस्रो कार्यकालका लागि चुनावी प्रतिस्पर्धामा आएका छन् । आज त्यहाँ राष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

वर्तमान राष्ट्रपति मिर्जियोयेभले सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीबाट उम्मेदवारी दिएको बताइएको छ ।

उनीसँगै नेशनल रिभिभाल डेमोक्रेटिक पार्टीका अलिशेर काडिरोभ, पिपुल्स डेमोक्रेटिक पार्टीका मक्सुदा भारिसोभ, जस्टिस सोसल डेमोक्रेटिक पार्टीका बाह्रोम अब्दुलिमोभ र इकोलोजी पार्टीका नार्जुलो अब्लोमुरोडोभले पनि उम्मेदवारी दिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चुनावका लागि एक करोड ९० लाख मतदाताले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया