सोमबार, जेठ ७, २०८१

टाउकाको मूल्य ५० लाख डलर तोकिएका लागुऔषध तस्कर पक्राउ

नेपालखोज २०७८ कार्तिक ७ गते १०:४०

बोगोटा । अमेरिकाले टाउकोको मूल्य ५० लाख डलर तोकेको लागुऔषध तस्कर कोलम्बियामा पक्राउ परेका छन् ।

ओटोनियल भनिने डेरो एन्टोनियो उसुगालाई शनिवार सेना, वायुसेना र प्रहरीको संयुक्त प्रयासमा गिरफ्तार गरिएको हो ।

पक्राउ परेका उसुगा कोलम्बियाको सबैभन्दा कुख्यात लागुऔषध तस्कर र सबैभन्दा ठूलो आपराधिक समूहका प्रमुख हुन् ।

कोलम्बियाका राष्ट्रपति इभान ड्यूकले एक टेलिभिजन सन्देशमा ओटोनियलको गिरफ्तारीबारे जानकारी दिएका हुन् । उनले भने, ‘हाम्रो देशमा यो शताब्दीमा लागुऔषध तस्करीविरुद्ध यो सबैभन्दा ठूलो सफलता हो ।’

प्रतिक्रिया