सुनको मूल्य ४ सयले बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ कार्तिक ७ गते ११:१५

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य ४ सय रूपैयाँले बढेकाे छ । छापावाल सुन आज प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन सुन ९१ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बढेकाे छ ।
आज तेजावी सुन ४ सय रूपैयाँले नै बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य १० रूपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार २ सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया