सोमबार, जेठ ७, २०८१

टर्कीले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूत फिर्ता पठाउने !

नेपालखोज २०७८ कार्तिक ७ गते १२:०८

काठमाडौं । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई फिर्ता पठाउने कदम चालेका छन् ।

कूटनीतिक भाषामा पर्सना नन ग्राटा भनिने राष्ट्रपति एर्दोआनको आदेशपछि टर्कीले अमेरिका, जर्मनी र फ्रान्ससहित १० देशका राजदूतलाई देशका राजदूतलाई अस्वीकार गर्न वा सम्बन्धित देशमै फिर्ता पठाउन सक्ने बताइएको छ ।

४ वर्षदेखि टर्कीले थुनामा राखेका अभियन्ता ओजमुन कुभालाको तत्काल रिहाइको आह्वान गर्दै राजदूतहरूको वक्तव्य आएपछि उक्त कदम चालिएको हो।

पर्सना नन ग्राटा राजदूतहरूको कूटनीतिक हैसियत हटाउनुका साथै अधिकांस अवस्थामा उनीहरूलाई फिर्ता पठाउने र राजदूतको मान्यता खोस्ने कदम हो।

गत साता अमेरिका, क्यानडा, फ्रान्स, डेनमार्क, जर्मनी, नेदरल्याण्ड, न्यूजील्याण्ड, नर्वे र स्वीडेनका राजदूतावासहरूबाट कुभालाको रिहाइको लागि संयुक्त विज्ञप्ति जारी भएको थियो। तीमध्ये सात देश टर्कीका नेटो सहयोगी हुन्।

टर्कीको यो निर्णयपछि अब के हुन्छ भन्ने विषयमा सम्बन्धित देशका राजदूतहरूले प्रतिक्रिया जनाएका छैनन्। यद्यपि जर्मनीको विदेश मन्त्रालयले यसमा जोडिएका देशहरू गहन छलफलमा रहेको बताएको छ। यस विषयमा टर्कीका निकायहरूले आधिकारिक सूचना समेत जारी गरेका छैनन्। बीबीसी

प्रतिक्रिया