मंगलबार, असार १७, २०८२

रुसमा फेरि बढ्यो कोरोना संक्रमण, एकैदिन १ हजारको मृत्यु

नेपालखोज २०७८ कार्तिक ७ गते १५:३१

मस्को । रुसमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको संक्रमणबाट मृत्यु भएको छ ।

रुसका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घन्टामा १ हजार ७५ जनाको ज्यान गएको छ । यो संख्या कोरोना भाइरसको संक्रमण सुरु भएपछिकै सबैभन्दा बढी हो ।

कोरोना सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरुले पछिल्ला केही हप्तामा कोरोनाबाट ज्यान जानेहरुको संख्या बढ्दो रहेको छ ।

शनिबार यहाँ ३७ हजार ६७८ जना यो संक्रमणबाट संक्रमित भएको जनाइएको छ । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । रासस\सिन्ह्वा

प्रतिक्रिया