शुक्रबार, वैशाख १४, २०८१

राजधानीमा बम विस्फाेटपछि युगान्डाका राष्ट्रपतिद्वारा संयमित रहन आग्रह

नेपालखोज २०७८ कार्तिक ७ गते २१:००

कम्पाला । युगाण्डाका राष्ट्रपति योवेरी मुसेभेनीले राजधानी कम्पालामा शनिबार राति भएको बम हमलाका दोषीहरूलाई पक्राउ गरिने बताएका छन् ।

राष्ट्रपति योवेरी मुसेभेनीले ट्वीट गर्दै उल्लेख गर्नु भएको छ- ‘यो एक आतंकवादी कार्य हो जस्तो देखिन्छ तर वास्तवमा यसमा अनेक अपराधीहरू संलग्न भएको पाउँछौं । जनता डराउनु पर्दैन, हामी यो अपराधलाई पनि अन्य सबै खाले अपराधलाई जस्तै परास्त गर्नेछौं ।’

राष्ट्रपतिले प्रहरीले घटनाको अध्ययन गरिरहेको र सम्भावित सुरक्षा रणनीति तयार गरेको र यस बारेमा पछि थप सूचना प्रदान गर्ने जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार तीन जना व्यक्ति पोलिथिन झोलाबाट तल झरेका थिए जुनपछि विष्फोट भयो जसबाट एक व्यक्तिको मृत्यु भयो भने अन्य पाँच जना घाइते भएका थिए ।

यहाँस्थित बेलायती र फ्रान्सेली दूतावासहरूले आफ्ना नागरिकहरूलाई सम्भावित आतंकवादी हमलाको चेतावनी दिँदै सुरक्षा सतर्कता अपनाउँन आग्रह गरेको केही दिनपछि उक्त घटना घटेको हो । रासस

प्रतिक्रिया