घट्याे हवाई भाडा
नेपालखोज
२०७९ चैत २१ गते १९:४३

काठमाडाैं । सरकारले हवाई भाडा घटाएकाे छ । इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेकाे हाे । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडान भाडा सबैभन्दा धेरै ४४० रुपैयाँ घटेको छ ।
काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुर्पैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ ।

सम्बन्धित

प्रतिक्रिया