शनिबार, जेठ ४, २०८२

२०२१ मा क्रिप्टोकरेन्सीले बनायाे १० हजारलाई १० लाख

नेपालखोज २०७८ कार्तिक ८ गते १५:५३

काठमाडाैं । समयसँगै अहिले बजारमा अनेकौं प्रकारका क्रिप्टोकरेन्सी उपलब्ध हुन थालेका छन् । यी क्रिप्टोकरेन्सीले निवेशकहरुलाई माेटाे मुनाफा पनि दिइरहेका छन् । गएकाे केही दिनअघि विटक्वाइनको मूल्य ६२ हजार डलर नजिकसम्म पुग्यो । विटक्वाइन, मार्केट क्यापिटलको हिसाबले सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी हाे ।

यसैगरी दुई अन्य क्रिप्टोकरेन्सीले केही महिनाभित्रै निवेशकहरुलाई मालामाल तुल्याएका छन् । सोलाना र पोलिगन पछिल्लो समयमा राम्रो रिटर्न दिएका क्रिप्टोकरेन्सी हुन् ।

सोलाना र पोलिगन

यी दुवै क्रिप्टोकरेन्सीले लगानीकर्ताको धन कैंयन् गुणा बढाएका छन् । अंग्रेजी वर्ष सन् २०२१ काे सुरुवातमा सोलानामा एक हजार डलर (करिब १ लाख १९ हजार रुपैयाँ ) लगाइएकाे थियाे भने अहिले त्यसको मार्केट भ्याल्यु करिब १.६ लाख युएस डलर ( करिब १२,६१,४०० रुपैयाँ ) पुगेकाे छ ।

यसैगरी पोलिगनकाे एक हजार डलर लगानी ८७ हजार डलर भएकाे छ । अर्थात यदि कसैले याे वर्षको प्रारम्भमा पाेलिगनमा १० हजार रुपैयाँ मात्र लगाएकाे भए अहिले त्यसको भ्याल्यु १० लाख रुपैयाँभन्दा बढी हुने थियाे ।

अझ उचाइमा जादैँ छ विटक्वाइन

विटक्वाइनको भ्याल्यु एउटा नयाँ ऐतिहासिक उचाइ हासिल गर्न तर्फ अग्रसर छ । जानकारहरुका अनुसार याे तेजीको ठूलो फाइदा ह्‌वेल खरिदारहरुलाई भएकाे छ ।

क्रिप्टोकरेन्सीकाे भाषामा ह्‌वेल अकाउन्ट त्यस्तो अकाउन्टलाई भनिन्छ, जसमा अक्सर गरेर गुमनाम खरिदार हुन्छन् र उनीहरु ठूलो मात्रामा क्वाइन खरिद गर्छन् ।

एलन मस्कका कारण तेजी गएकाे साता उनकै अर्को ट्‌विटले शिना इनु क्वाइनमा तेजी देखापर्‍यो । उनकाे ट्‌विटकाे एक घण्टापछि नै शिबा इनुमा २१ प्रतिशतको उच्छल देखिएकाे थियाे ।

याे महिना मस्ककाे ट्‌विटकै कारण शिबा इनुमा तेजी आएको यो दाेस्रो घटना हाे ।

अरु पनि फाइदामा

मस्ककाे ट्‌विटबाट शिबा इनुलाई मात्र फाइदा भएकाे छैन अन्य क्रिप्टोकरेन्सी जस्तो मिम क्वाइन, डगक्वाइन आदि पनि त्यसको फाइदा लिनेमा छन् ।

धेरैलाई के लागेकाे थियाे भने मस्ककाे अस्पष्ट ट्‌विट डगक्वाइन वा शिबा इनुलाई लिएर थिएन । यही अनुमानका आधारमा पार्क, लिटिल एंग्री, रिवार्ड्स आदिमा पनि तेजी देखियाे ।

अहिले डगक्वाइनकाे रेट ०.२४७२९१ डलरसम्म पुगेको छ । याे क्रिप्टोकरेन्सीकाे मार्केट क्याप ३२.५५ अरब डलर छ । रिटर्नकाे कुरा गर्नुपर्दा डगक्वाइन क्रिप्टोकरेन्सीले गएकाे एक वर्षमा ५,१०४.०८ प्रतिशत रिटर्न दिएकाे छ । डगक्वाइन क्रिप्टोकरेन्सीकाे अलटाइम हाई प्राइस ०.७४०७९६ डलर हाे ।

प्रतिक्रिया