अमेरिकाले दिएको एक लाख डोज फाइजर खोप आज आइपुग्ने

नेपालखोज २०७८ कार्तिक ८ गते ६:४९

काठमाडौं । अमेरिकाले दिएको एक लाख ६२० डोज फाइजर खोप आज नेपाल आइपुग्दैछ । माइनस ७० डिग्रीमा भण्डारण गर्नुपर्ने उक्त खोप अनुदानमा एक लाख डोज उपलब्ध गराएको हो ।

अमेरिकाबाट आउने फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी र किशोर–किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उक्त खोप नेपालमा ट्रयालको रुपमा प्रयोग गरिने बताइएको छ । सरकारले १८ वर्षमुनिका बालबालिकाका लागि कोभ्याक्समार्फत ६० लाख डोज खरिद सम्झौता गरिसकेको छ ।

यसअघि गत जुलाईमा अमेरिकाले १५ लाख ३० हजार डोज जोन्सन एण्ड जोन्सनको खोप पठाएको थियो ।

प्रतिक्रिया