आइतबार, पुष ६, २०८२

बैंक अफ काठमाडौंका ग्राहकलाई काठमाडौं गेस्ट हाउसमा विशेष छुट

नेपालखोज २०७८ कार्तिक ८ गते ११:०१

काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेड र काठमाडौं गेस्ट हाउसबिच सम्झौता भएको छ । बैकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई कला संग्रहालयको प्रवेश शुल्कमा ५० प्रतिशत र अन्य सेवा तथा सुविधाहरुमा १५ प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौता पश्चात् ग्राहकहरुले काठमाडौं गेस्ट हाउसको म्युजिअम अफ नेपाल आर्टस प्रवेशमा शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । साथै काठमाडौं गेस्ट हाउस समुह अन्र्तगत विभिन्न ७ स्थानहरु काठमाडौं गेस्ट हाउस, ठमेल, माया मानोर बुटिक होटल, हात्तिसार, पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ, मारुनी स्यान्चुरी लज, चितवन, हिमालयन फ्रन्ट भ्यू होटल, पोखरा, वाटरफ्रन्ट रिसोर्ट, पोखरा तथा बुद्धमाया गार्डेन, लुम्बिनीमा उपलब्ध हुने सम्पूर्ण सेवाहरुमा एकमष्ठ १५ प्रतिशत छुट पाउने छन् ।

उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । काठमाडौं गेस्ट हाउस ग्रुपले विगत ५० वर्षदेखी देशको प्रमुख शहरहरुबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।

बैंक अफ काठमाडौं लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८० एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दे आइरहेको छ ।

प्रतिक्रिया