मन्त्रिपरिषद् बैठक बस्दै, राहत र क्षतिपूर्तिका विषयमा निर्णय गर्ने
नेपालखोज
२०७८ कार्तिक ८ गते १२:३८

काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाले बालाएको आजको बैठकले बाढी–पहिरो पीडितलाई राहत र क्षतिपूर्तिका सन्दर्भमा निर्णय लिने छ ।
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीका अनुसार बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह ४ बजे बोलाइएको छ ।
सुदूरपश्चिम र प्रदेश एकका बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गरी काठमाडौं फर्किएपछि देउवाले सोमबार मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
आजको बैठकमा सरकार सञ्चालनका विषयमा हुने नियमित काम कारबाहीबारे पनि छलफल हुनेछ ।
सम्बन्धित

प्रतिक्रिया