‘समृद्धिको दिशामा अग्रसर हुन सके दक्षिण एसियामा नेपाल सम्पन्न मुलुक बन्छ’

नेपालखोज २०७८ कार्तिक ८ गते १४:५३
तस्बिर रासस ।

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्‍याउन आग्रह गरेका छन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावी समेत गरे ।

उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए ।

विज्ञापन दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री कार्कीले समाजका अरु क्षेत्रलाई पनि उदाहरणीय बन्ने गरेर मुलुकको समृद्धिको अभियान जुटन विज्ञापन क्षेत्रसँग सम्बन्धित संघ, संस्थाहरुलाई सचेत गराए ।

मन्त्री कार्कीले विज्ञापन सम्बन्धी आचारसंहिताको प्रस्तावित मस्यौंदामाथि सुझाव दिएर यसलाई समृद्ध बनाउन पनि सराकारवाला सबै निकायलाई आह्वान गरे ।

प्रतिक्रिया