एस्ट्राजेनेका खोपको दोस्रो डोज भोलीदेखि

नेपालखोज २०७८ कार्तिक ८ गते १५:३८

काठमाडौं । कोभिड–१९ विरुद्धको एस्ट्राजेनेका खोपको दोस्रो डोज भोलीदेखि लगाइने भएको छ ।

काठमाडौंका ८ वटा स्थानीय तहमा १८ वर्षमाथिकालाई दोस्रो डोज लगाइने जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी जनाएको छ ।

जसमा काठमाडौं महानगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरि नगरपालिका, नागार्जुन नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका, तारकेश्वर नगरपालिका, टोखा नगरपालिका र गोकर्णेश्वर नगरपालिका रहेका छन् । स्थानीय तहका खोप केन्द्रमा तीन दिन खोप कार्यक्रम सञ्चालन हुनेछन्

महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यी अस्पतालहरुमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछ । खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटोसहित आउन पनि स्वास्थ्य कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया