मंगलबार, असार १७, २०८२

‘आधाभन्दा बढी अफगानीले तीव्र खाद्य अभावको सामना गर्नेछन्’

नेपालखोज २०७८ कार्तिक ८ गते १६:०६

काबुल । आउँदो जाडोयाममा २ करोड २० लाखभन्दा बढी अफगानहरु ‘तीव्र खाद्यान्न असुरक्षा’ को शिकार बन्नेछन्, संयुक्त राष्ट्र संघीय एजेन्सीहरुले सोमबार बताएको छ ।

पहिले नै अस्थिर अवस्थामा रहेको यस देशलाई विश्वको सबैभन्दा खराब मानवीय संकटको सामना गर्नुपर्ने चेतावनी दिइएको छ । यस जाडोमा लाखौं अफगानहरु आफ्नु देशबाट पलायन हुने या भोकमरीबीच छनौट गर्न बाध्य हुने विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बीस्लेले बताए । रासस

प्रतिक्रिया