७ दिनपछि केआइसिंह राजमार्ग सञ्चालनमा
नेपालखोज
२०७८ कार्तिक ८ गते १६:३०

डडेल्धुरा । गत साताको अविरल वर्षापछि पहिरो गएर अवरुद्ध रहेको डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग सञ्चालनमा आएको छ । राजमार्गको रडुवामा अवरुद्ध सडक मर्मतपछि सञ्चालनमा आएको हो ।
डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहन जोशीका अनुसार सडक मर्मतपछि राजमार्ग सञ्चालनमा आएको हो । राजमार्ग अस्थायीरुपमा खुलेको हो । साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारीसाधनलाई छाडिएको उनले बताए ।
असोज ३१ गतेदेखि आएको अविरल बर्षाका कारण कात्तिक २ गतेदेखि अवरुद्ध सडक ७ दिनपछि सन्चालनमा आएकाे हाे । रासस
सम्बन्धित

प्रतिक्रिया