दक्षिण अफ्रिकाका राजदूतद्वारा ओहोदाको प्रमाण-पत्र पेस

नेपालखोज २०७८ कार्तिक ८ गते १६:५१

काठमाडौं । नेपालका लागि दक्षिण अफ्रिकाका गैह्र आवाशीय राजदूतजे एस डेबेलेले यहीं कार्तिक ५ गते राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आफ्नो ओहोदाको प्रमाण-पत्र पेस गरेका छन् ।

उक्त समारोहमा नेपालस्थित दक्षिण अफ्रिकाका अवैतनिक राजदूत प्रदीपकुमार श्रेष्ठ र नयाँदिल्ली स्थित दक्षिण अफ्रिकाको हाई कमिसनका तृतीय सचिव थ्रुष्टन माथेइको उपस्थिति रहेको थियो ।

नेपालको तिन दिने भ्रमणको अवसरमा महामहिम राजदूतले मन्त्री, सचिव, उद्योगी–व्यवसायी तथा विभिन्न संघ संस्थाका पदाधिकारीहरुसँग द्विपक्षीय चासोका विषयमा भेटवार्ता गरेका थिए ।

प्रतिक्रिया