आइतबार, वैशाख २३, २०८१

काठमाडौंमा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै

नेपालखोज २०७८ कार्तिक ९ गते ६:१९

काठमाडौं । काठमाडौंका आठ वटा नगरपालिकामा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा खोप लगाइँदै छ ।

काठमाडौं महानगरपालिकासँगै कीर्तिपुर, चन्द्रागिरि, नागार्जुन, कागेश्वरी मनोहरा, तारकेश्वर, टोखा र गोकर्णेश्वर नगरपालिकामा एस्ट्राजेनेकाको दोस्रो डोज खोप लगाइने भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले हिजो सूचना जारी गर्दै काठमाडौंका आठ वटै नगरपालिकामा १८ वर्ष माथिका एस्ट्राजेनेकाको पहिलो खोप लगाएकालाई आजदेखि दास्रो डोज खोप दिइने जनाएको थियो ।

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल, रत्नपार्कस्थित वीर अस्पताल, महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल, थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल र बानेश्वस्थित निजामती कर्मचारी अस्पतालबाट खोप कार्यक्रम सञ्चालन हुनेछ ।

यी अस्पतालमा दुई दिन खोप कार्यक्रम सञ्चालन हुनेछ भने स्थानीय तहका खोप केन्द्रमा तीन दिन सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको हकमा कात्तिक १० गतेदेखि सबै वडामा खोप केन्द्र सञ्चालन हुने र आवश्यकताको आधारमा खोप लगाउने अवधि पनि थप गर्न सक्ने पनि सूचनामा जनाइएको छ ।

प्रतिक्रिया