वायुमण्डलमा हरितगृह ग्यासको मात्रा बढ्यो

नेपालखोज २०७८ कार्तिक ९ गते ७:४८

काठमाडौं । विश्वव्यापी रूपमा तापमान वद्धिको कारक हरितगृह ग्यासको मात्रा वायुमण्डलमा अहिलेसम्म कै उच्च विन्दुमा पुगेको छ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व मौसम संगठनले सोमबार जारी गरेको प्रतिवेदन अनुसार वायुमण्डलमा कार्बन डाइअक्साइडको मात्रा औद्योगिक क्रान्ति पूर्वको अवस्थाको तुलनामा ५० प्रतिशत बढी भएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वका विभिन्न क्षेत्रमा भएको लकडाउनका बाबजुद वायुमण्डलमा हरितगृह ग्यासको मात्रा अधिक भएको देखिएको हो ।

यस्तै मिथेन ग्यासको मात्रा वायुमण्डलमा सन् १७५० यता दोब्बर भन्दा बढीले बढेको विश्व मौसम संगठन (डब्लुएमओ) ले जनाएको छ ।

डब्लुएमओको प्रतिवेदन अनुसार सन् २०२० मा सबै प्रकारका प्रमुख हरितगृह ग्यास (जिएचजी) को मात्रा अघिल्लो दशकको तुलनामा तीव्र गतिमा बढेको छ । यस्तै यो क्रम यो वर्ष (२०२१) मा पनि जारी रहेको प्रतिवेदनमा उल्लेख छ ।

तथ्यांकहरु जलवायु संकट निरन्तर गम्भीर र खराब बन्दै गएको देखाएका छन् । बेलायतको स्कटल्याण्ड स्थित ग्लास्गो शहरमा आउँदो आइतबारदेखि जलवायु सम्मेलन कोप–२६ को मुखैमा आएर सार्वजनिक भएको प्रतिवेदनले गम्भीर सन्देश दिएको छ ।

प्रतिक्रिया