जबराले भने – आफूले सेवाबाट बाहिरिनु पर्ने भए प्रश्न उठाइएका न्यायाधीशले पनि राजीनामा दिनु पर्छ

नेपालखोज २०७८ कार्तिक ९ गते २०:३५

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आफूले सेवाबाट बाहिरिनु पर्ने हो भने प्रश्न उठाइएका अरू न्यायाधीशले पनि राजीनामा दिनुपर्ने बताएका छन् ।

प्रधानन्यायाधीश र न्यायाधीशहरूको बीचमा आज भएको भेटमा उनले आफूले सेवाबाट बाहिरिनु पर्ने हो भने प्रश्न उठाइएका अरू न्यायाधीशले पनि राजीनामा दिनुपर्ने अनि मात्रै आफूले राजीनामा दिने समेत छलफलमा बताएका छन्।

त्यस्तै, प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूलाई संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरे । जबराले संविधान र कानुनले दिएको दायित्व पूरा गरेर मात्र आफू सेवाबाट बाहिरिने पनि बताए ।

प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूलाई संविधान र कानुन बमोजिम आ–आफ्नो जिम्मेवारी पूरा गर्न आग्रहसमेत गरेका छन् । सर्वोच्च अदालतमा सोमवार र मंगल पेसी तोकिए पनि बेन्च बस्न नसक्दा मुद्दाको सुनुवाइ हुन सकेको छैन । जसले गर्दा पालोमा टाढा–टाढाबाट आएका सेवाग्राही मर्कामा परेका छन् ।

प्रतिक्रिया