बिहीबार, वैशाख २७, २०८१

लिव-इनमा बसेका बलिउड अभिनेत्री जसले ब्रेकअप पछि गरे औपचारिक विवाह

नेपालखोज २०७८ कार्तिक ९ गते २२:०४

मुम्बई । बलिउडका कैंयन नामुद अभिनेता – अभिनेत्रीहरुको अफेयर र लिव-इन रिलेसनको जानकारी नेपाली दर्शकहरुलाई पनि छ । तीमध्ये केहिले त खुलेर आफ्नो रिलेशनशिपलाई स्विकार गरेका थिए भने केही नचाहँदा-नचाहँदै मिडियामा एक्स्पोज हुन पुगेका थिए । धेरै जसो अभिनेत्रीको हकमा के भनिन्थ्यो भने उनले आफ्नो लिभ पार्टनरसँगै विवाह गर्नेछिन् । यद्यपि जीवन सोझो रेखाबाट मात्र चल्दैन, समयक्रममा परिस्थितिले कोल्टो फेर्यो र धेरैको ब्रेकअप भयो । त्यस पछि ती अभिनेत्रीहरुले अरु कसैसँग लगनगाँठो कसेका छन्।

पूर्व मिस युनिभर्स लारा दत्ता विवाह पहिले केली दोर्जेसँगको लिव इन रिलेसनमा थिईन्। उनिहरुको लिभिङ टुगेदर विवाहसम्म पुगेन्। दोर्जेसँग ब्रेकअप भए पछि लाराले टेनिस खेलाडि महेश भूपतिसँग विवाह गरेकी छन् । बिपाशा बाशु र जोन ईब्राहिम लामो समयसम्म विवाह नगरिसँगै बसे । बिपाशा र जोनको विवाह हुने खबरबीच नै अचानक ब्रेकअपको खबर आयो । अहिले यी दुबैले अरु कसैसँग घरजम बसाएका छन् ।

दीपिका पादुकोण र रणबीर कपूर पनि लामो समय लिव-इन रिलेसनमा थिए । ब्रेकअप पछि दीपिकाले रणवीर सिंहसँग विवाह गरिसकेकी छिन भने कपुर अन्य केही अभिनेत्रीसँगको लिभईन पछि अहिले अर्को लिभईनमा छन्।

प्रियंका चोपड़ा र शाहिद कपूरको अफेयरको चर्चा एकताका शिर्षमा थियो । जब इनकम टयाक्सको टीम प्रियंकाको घरमा पुगेको थियो तब शाहिदले नै घरको मुल ढोका खोलेका थिए । त्यतिबेला उनिहरु लिभ ईनमा बस्न थालेको चर्चा पनि चल्यो । यद्यपि समयक्रममा प्रियंकाले अमेरिकी गायक निक जोनससँग विावह गरिन भने शाहिदले गैर ग्यामर क्षेत्रकी साधारण युवती मिरा राजपुतसँग विवाह गरे ।

ऐश्वर्या राय बच्चन र सलमान खानको सम्बन्ध निकै बिवादास्पद रह्यो । लिव इनमा रहँदा उनिहरुबिच अनेकन समस्या देखिए । पछि गएर उनिहरु अलग भए भने ब्रेकअप पछि ऐश्वर्याले अमिताभ बच्चनका एक मात्र छोरा अभिषेक बच्चनसँग विवाह गरिन् । यता सलमान अहिले पनि विभिन्न लिभ – ईनका कारण चर्चामा आईरहन्छन् ।

करिना कपूर र शाहिदले एक-अर्कालाई लामो समय डेट गरे । उनिहरुले आफ्नो सम्बन्धलाई लुकाएनन । यद्यपि करिना र शाहिद विवाहसम्म पुग्न सकेनन् । ब्रेकअप पछि उनिहरुले आ-आफ्नो अलग घरजम बसाए । करीना अहिले सैफ अलि खानसँग विवाह गरेर नबाब खानदान कि बुहारी मात्र होईन दुई छोराकी आमा भैसकेकी छन् ।

नेहा कक्कड र हिमांशु कोहलीको नाता निकट मात्र भएन विवादमा पनि रहयो । नेहा हिमांशुसँगको लिव-इनमा थिईन , तर उनिहरुबिच ब्रेकअप भयो । पछि गएर नेहाले पंजाबी गायक रोहनप्रित सिंहसँग विवाह गरिन । उनिहरुले यहि महिना पहिलो म्यारिज एनिवर्सरी मनाएका छन्।

तस्बिर : सामाजिक सन्जालबाट

प्रतिक्रिया