मौसममा सुधार हुँदै, तराई र पहाडका केही स्थानमा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७८ कार्तिक १० गते ६:०९

काठमाडौं । आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भु–भागमा आंशिक र तराईका क्षेत्रमा सामान्य बदली छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आज पनि हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राती पनि देशको पहाडी तथा तराईका भु–भागमा आंशिक देखि सामान्य बदली रहने छ । कुनै स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा वर्षाको सम्भावना कायमै छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकोले उक्त हिमाली क्षेत्रका वासिन्दाले सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।
भोलीबाट भने देशभर बदली हट्दै मौसम सफा हुँदै जाने महाशाखाको भनाई छ ।
सम्बन्धित

प्रतिक्रिया