टी–२० विश्वकप : दक्षिण अफ्रिका आठ विकेटले विजयी

नेपालखोज २०७८ कार्तिक १० गते ६:२८

दुबई । आइसिसी टी–२० विश्वकप २०२१ को सुपर १२ को खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित भएको छ । दक्षिण अफ्रिकाले वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गरेको हो ।

पहिला ब्याटिङ गर्दै वेस्ट इन्डिजले दक्षिण अफ्रिकालाई दिएको १ सय ४४ रनको लक्ष्य १८ दशमलव २ ओभरमै दुई विकेटको क्षतीमा पुरा गर्यो ।

वेस्ट इन्डिजका अकिल हुसेनले मात्र एक विकेट लिए भने बाँकी कुनै पनि बलरले विकेट लिन सकेनन् । दक्षिण अफ्रिकाका क्याप्टेन बाभुमा रनआउट भएका थिए ।

त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनायो ।

वेस्टइन्डिजका ओपनर इविन लेविसले ३५ बलमा ३ चौका र ६ छक्का सहित सर्वाधिक ५६ रन बनाए ।

कप्तान किरन पोलार्डले २० बलमा २ चौका र १ छक्का सहित २६ रनमा क्याच आउट भए ।

वेस्ट इन्डिजलाई ओपनर इविन लेविस र लेन्डन सिमन्सले पहिलो विकेटका लागि १०.३ ओभरमा ७३ रनको सुरुवात दिलाएका थिए ।

प्रतिक्रिया