कांग्रेस महाधिवेशनको मिति सार्ने तयारी, मंसिर नकट्नेगरी कार्यतालिका बनाउन निर्देशन

नेपालखोज २०७८ कार्तिक १० गते ८:१४

काठमाडौं । नेपाली कांग्रेसले १४औं महाधिवेशनको मिति सार्ने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाले मंसिर नकट्नेगरी महाधिवेशनको कार्यतालिका बनाएर ल्याउन निर्वाचन समितिलाई निर्देशन दिएका छन् ।

हिजो बसेको केन्द्रीय निर्वाचन समिति र कांग्रेस पदाधिकारीबीचको बैठकमा महाधिवेशनको मिति सार्ने विषयमा छलफल भएको हो ।

कांग्रेसको निर्वाचन समितिले १३ जिल्लामा वडा अधिवेशन नभएकाले तिहारअघि नै ती जिल्लामा वडा अधिवेशन गर्ने वातावरण बनाउन नेतृत्वलाई ध्यानाकर्षण गराएको छ ।

कांग्रेसले अहिलेसम्म ७७ जिल्लामध्ये ६४ जिल्लामा मात्रै वडा अधिवेशन गरेको छ । बाँकी १३ जिल्लामा अझै पनि वडा अधिवेशन सुरु हुने वातावरण बनेको छैन ।

कांग्रेसले २१ हिमाली जिल्लामा दसैंअघि नै जिल्ला अधिवेशन गर्ने भनिए पनि १३ जिल्लामा मात्रै सकिएको छ ।

प्रतिक्रिया