मानव अधिकार प्रतिष्ठान भक्तपुरको अध्यक्षमा डा. कोजू

नेपालखोज २०७८ कार्तिक १० गते ८:५०


काठमाडौं । राष्ट्रिय मानव अधिकार प्रतिष्ठान जिल्ला शाखा भक्तपुरको अध्यक्षमा डा राजेन्द्र कोजूलाई पुनः चयन गरिएको छ ।

प्रतिष्ठान जिल्ला शाखाको छैटौं साधारणसभाले डा. कोजूको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिष्ठानको उपसभापतिमा नवराज घिमिरे, डा‍. इडा शर्मा र मिलन न्यौपाने, सचिवमा सञ्जिव खनाल, सहसचिवमा रत्न राई र कोषाध्यक्षमा प्रभा थापालाई चयन गरिएको छ ।

यस्तै प्रतिष्ठानको सदस्यमा शिवहरि खनाल, सानुराम कार्की, गीता कार्की, रामकृष्ण छुस्यावाग, युनिक कोजू र सुवेश गोसाई चयन हुनुभएको प्रतिष्ठानले जनाएको छ । –रासस

प्रतिक्रिया