फाइजर खोप बालबालिकालाई लगाउन केही साताभित्रै अनुमति दिने
नेपालखोज
२०७८ कार्तिक १० गते १०:२३

काठमाडौं । अमेरिकी सरकारको एउटा प्यानलले फाइजररबायोएनटेक खोप ५ देखि ११ वर्षका बालबालिकालाई दिनुपर्ने भन्दै त्यसका लागि सिफारिस गरेको छ। अमेरिकाले यसअघि नै फाइजर खोप १२ वर्षभन्दा माथिका बालबालिकालाई दिने निर्णय गरिसकेको थियो ।
त्यहाँको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडिए) का विज्ञहरूले मंगलवार उक्त कदमको समर्थन गरेपछि केही साताभित्रै अनुमति दिने बाटो खुलेको हो।
सेप्टेम्बरमा, खोप निर्माता कम्पनीले परीक्षणबाट उक्त उमेर समूहका बालबालिकाका लागि खोप सुरक्षित रहेको देखाएको जनाएको थियो। अमेरिकाले उक्त खोप १२ वर्षमाथिकालाई यसअघि नै दिन थालेको हो।
हालैको यो निर्णयले २ करोड २० लाख अमेरिकी बालबालिका लाभान्वित हुनेछन्। अब उक्त निर्णय कार्यान्वयनमा आउन एफडिए र सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) ले थप अनुमति दिनुपर्छ। बीबीसी
सम्बन्धित
प्रतिक्रिया